काठमाडौं ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण यतिबेला विश्वको आर्थिक अवस्था संकटतर्फ गइरहेको छ । कोरोनाको प्रभावबाट नेपाल र नेपालको अर्थतन्त्र पनि अछुतो छैन ।
कोरोना संक्रमणको त्रासका कारण अहिले बैंकहरुले सकेसम्म डिजिटल कारोबारलाई बढवा दिइरहेका छन् । सरकारले ठूला कार्यक्रम तथा भेलाहरु रद्ध गरेसँगै बैंकहरुले पनि आफ्ना ग्राहकहरुलाई घरबाटै डिजिटल कारोबार गर्न आग्रह गर्न थालेका छन् । बैंकमा लाइन लाग्नुको सट्टा सम्भव हुने जति ग्राहकहरुले डिजिटल कारोबार गर्न बैंकर्सले आग्रह गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘सकेसम्म भीड कम गर्न बैंकसँग फिजिकल उपस्थिति कम गर्न भनेका छौँ ।’ अध्यक्ष दाहालले भने । यी विभिन्न विषयमा संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालसँग केन्द्रबिन्दुका लागि अर्थ ब्युरो प्रमुख कमला अर्यालले गरेको कुराकानी हेरौं यो भिडियोमा:































प्रतिक्रिया