काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो ट्विटरको नाम ‘नियमित हात धोऔं’ राखेका छन् ।
कोरोना भाइरसको महामारी भइरहेका बेला जनचेतनाका लागि आफ्नो तर्फबाट सानो पहल गरेको भन्दै उनले ट्विटरको नाम परिवर्तन गरेका हुन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर ‘नियमित हात धोऔं’ राखेको छु। विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो।’ उनको यो सकारात्मक प्रयासको सामाजिक संजालमा प्रशंसा गरिएको छ ।






























प्रतिक्रिया