काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका कारण र कोभिड १९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक मास्क लगाएर सञ्चालन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा सहभागीले मास्क लगाएर बोलेका थिए ।
बुधबार मात्रै सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बसेको थियो । बैठकले दुई चरणमा गरी बुधबार नै एसइई परीक्षा रोक्ने, चैत मसान्तसम्म बिद्यालय, कलेज बन्द गर्ने, सिनेमा हल जिम, डान्सबार लगायत बन्द गर्ने लगायत पूर्व सावधानीका सवालमा विभिन्न निर्णय गरेको थियो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले कोरोना संक्रमणलाई मध्यनजर गरी लिएको निर्णयको पार्टी वैठकले प्रसंशा गर्दै सजगता अबलम्वन गर्न सर्वसाधारणलाई आग्रह गर्ने निर्णय लिएको बताए ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित रहेको नेकपा सचिवालय वैठक कोरोना संक्रमणबाट जोगिने उपाय, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लागयतका विषयमा छलफल केन्द्रीत भएको थियो।अन्नपूर्णबाट





























प्रतिक्रिया