कोरोना संक्रमण रोक्न श्रीलंकामा कर्फ्यु

कोरोना संक्रमण रोक्न श्रीलंकामा कर्फ्यु

केन्द्रबिन्दु
0
Shares

कोलम्बो ।
श्रीलंकाको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यु घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्युको आदेश दिइएको अधिकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कर्फ्यु आदेश जारी भएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्युआदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् ।

कर्फ्यु लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ छ ।– रासस/सिन्ह्वा

Skip This
Skip This
Logo