काठमाडौं ।
चालु आर्थिक वर्षको ७ (माघ) महिनामा मुलुकको शोधानान्तर स्थिति बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको तथ्यांकले शोधानान्तर बचतमा रहेको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार माघ महिनासम्म शोधानान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।
त्यस्तै चालु खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रहेको थियो ।































प्रतिक्रिया