जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यबहार

जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यबहार

केन्द्रबिन्दु
0
Shares

इंग्ल्यान्ड।

इंग्ल्यान्डका क्रिकेट बलर जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यबहार भएको छ । २४ वर्षीय आर्चरले आफूलाई सामाजिक संजालमा रंगभेदी दुर्व्यबहार भएको बताएका हुन् ।

आर्चरले आफूलाई आएको रंगभेदी दुर्व्यबहारसहितको सन्देश इन्स्टाग्राममा पोस्ट गर्दै दुर्व्यबहारको भत्र्सना गरेका छन् ।

सन् २०१९ को विश्वकप विजेता टिममा सदस्य आर्चरले आफूलाई यस्तो दुर्व्यबहार कहिल्यै मान्य नहुने समेत लेखेका छन् । ‘मैले कहिल्यै बुझ्न सकिन किन मानिसहरु अन्य मानिसको कुराहरु गर्न सक्छन,’ आर्चरले लेखेका छन् ।

आर्चरलाई रंगभेदी दुर्व्यबहार भएको यो पहिलो पटक भने होइन । यस अघि न्युजिल्याण्डविरुद्धको टेष्ट दौरानमा समेत उनलाई रंगभेदी दुर्व्यबहार भएको थियो ।

Skip This
Skip This
Logo