टिपर आतंक : काभ्रेको पनौतीमा दिनभर कर्फ्यू, आज सहमति हुन सक्ने

टिपर आतंक : काभ्रेको पनौतीमा दिनभर कर्फ्यू, आज सहमति हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

पनौती ।

काभ्रेको पनौतीमा सोमबार दिउसो टिपरको ठक्करबाट मृत्यु भएका आमाछोरीका आफन्तले क्षतिपूर्तिभन्दा पनि दोषीलाई कडा कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा पीडितको पक्षबाट दोषीलाई कडा कारबाही माग भएको थियो ।

दोषीलाई कडा कारबाहीको मागसँगै मृतकका आफन्तहरु शव पोष्टमार्टम गर्न सहमति गरिएको छ । मृतक जुनिमाया गोलेका श्रीमान् मलेसियाबाट बुधबार ११ बजे नेपाल फर्किए लगत्तै शव बुझेर अन्त्येष्टी गरिने सहमति भएको खानीखोला गाउँपालिकाका स्थानीय नेकपाका नेता दैवलाल घिसिङले जानकारी दिए।

पीडितको माग अनुसार प्रशासनले कारबाही गर्ने र कानुन अनुसारको क्षतिपूर्ति व्यवसायीले उपलब्ध गराउने सहमति पश्चात शव पोष्टमार्टम गर्ने कुरा भएको घिसिङले बताए । रोजगारीका लागि मलेसियामा रहेका मृतकका श्रीमान् क्षिरिङभोल्न मलेसियाबाट आज नेपाल आएपछि शव दाहसंस्कार गरिने नेता घिसिङले जानकारी दिए।

आक्रोशित स्थानीयले गरेको आन्दोलनले प्रशासनको नियन्त्रणबाहिर गएपछि मंगलबार बिहान ९ बजेदेखि पनौतीमा कर्फ्यू लगाएको थियो । कर्फ्यूपछि पनौती नगरस्तरीय कक्षा ८ को परीक्षासमेत स्थगित गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। मुख्य बजार क्षेत्रमा दिनभर कुनै पनि पसल खोलिएनन् । दिनभर मुख्यबजार सुनसान थियो । कर्फ्यू मंगलबार राति ८ बजेपछि हटाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । बेलुका सुरक्षा समितिको बैठकबाट मंगलबार बिहान ९ बजेदेखि लागू भएको कर्फ्यू बेलुका ८ बजेपछि हटेको उनले बताए ।

पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट बसपार्कमा खानीखोला १ निवासी २६ वर्षीय जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो। विरोधमा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ प्रहरी र तीन प्रर्दशनकारी घाइते भए । प्रहरीले १५ राउन्ड हवाइ फायर र १९ राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो।अन्नपूर्णबाट

Skip This
Skip This
Logo