इन्धनको भाउ घट्यो, के मा कति ?

इन्धनको भाउ घट्यो, के मा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटेको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनायो ।

मूल्य घटेपछि पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टीतेलको ९५ रुपैयाँ प्रतिलिटर हुनेछ ।

आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य पनि साढे ४ रुपैयाँ घटेको छ । अब हवाई इन्धन ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य यथावत रहेको छ ।

Skip This
Skip This
Logo