‘कोरोनाको संक्रमण रोक्न सरकार जनमुखी योजनासहित अघि बढ्छ’ : उपप्रम पोखरेल

‘कोरोनाको संक्रमण रोक्न सरकार जनमुखी योजनासहित अघि बढ्छ’ : उपप्रम पोखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीको टोलीले सङ्घीय सरकारसँग रहेका समस्या समाधानका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले कोरोनाको वास्तविकता र भाबी सरकारको योजनाका बारेमा जानकारी दिए ।

उनले सरकारले देशव्यापी छलफल तथा सहकार्य अघि बढाएको स्पष्ट पारे। उपप्रधानमन्त्री पोखरेलले छलफलबाट आएको निष्कर्षकै आधारमा सरकारले जनमुखी तथा व्यवसायीमुखी योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाए। समस्याबाट नआतीकन सहकार्य र समाधानको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कोरोनाकै कारण भ्रमण वर्ष २०२० सरकारले रोकेको र आगामी दिनमा भ्रमण वर्षको नयाँ योजना बनाई अघि बढ्ने बताए । जनता तथा व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले सरकारलाई सबैको साथ र सहयोग अपरिहार्य रहेको औँल्याए ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको समस्या समाधान गर्न योजनाबद्ध रुपमा अघि बढिरहेको बताए। पर्यटन व्यवसायलाई मर्न नदिने प्रतिबद्धता जनाउँदै मन्त्री खतिवडाले मुलुकको आर्थिक समृद्धिको आधार नै पर्यटन भएको बताए । पोखरा भ्रमण वर्ष २०२० का लागि मात्र नभई जहिले पनि विश्वभरबाट नेपाल आउने पर्यटकको गन्तव्यको रुपमा रहेको बताउँदै उनले व्यवसायीलाई परेको समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

कोरोना भाइरस चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उनले नियन्त्रण नभएको अवस्थामा प्राथमिकताको आधारमा योजना अघि बढाउनेसमेत जानकारी गराए । कोरोनाले नेपालमा कति समय प्रभाव पार्छ ? भन्ने विषयमा कोही कसैले केही बताउन नसक्ने उल्लेख गर्दै उनले सरकारले १५ दिन, एक महिना, तीन महिना तथा त्योभन्दा बढी कति प्रभाव पार्छ ? त्यसलाई दृष्टिगतगरी गर्दै व्यवसायमुखी योजनाहरु ल्याउने तयारीमा सरकार रहेको जानकारी गराए।रासस

Skip This
Skip This
Logo