सेयर बजार आजदेखि ५ घण्टा खुल्ने

सेयर बजार आजदेखि ५ घण्टा खुल्ने

केन्द्रबिन्दु
0
Shares

आज आइतबारदेखि दैनिक ५ घण्टा सेयर बजार खुल्ने भएको छ । हालसम्म दैनिक ४ घण्टा कारोबार हुँदै आएकोमा आइतबारदेखि बन्द हुने समय १ घण्टा पछाडि धकेलिने भएको हो ।

एक सूचना जारी गर्दै नेप्सेले आइतबारबाट बोलकबोल र निरन्तर कारोबार ११ बजेदेखि ४ बजेसम्म हुने जनाएको छ। प्रारम्भिक कारोबार समय १०ः ३० देखि ११ बजेसम्मलाई यथावत राखिएको छ।

सार्वजनिक बिदाबाहेक आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुने गरेको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आइतबारदेखि परिक्षणकालको रुपमा शेयर कारोबार हुने अवधि बढाउने निर्णय गरेको हो । शुक्रबार बसेको नेप्सेको संचालक समितिको बैठकले अवधि बढाउने निर्णय गरेको हो ।

Skip This
Skip This
Logo