काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले छोराछोरीको जीवन प्रमुख कि परिक्षा भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल ट्वीटर प्रयोग गर्दै त्यस्तो प्रश्न गरेका हुन् ।
‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन र हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ?– उनले ट्वीटरमा लेखेका छन् –‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ? ।’






























प्रतिक्रिया