काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अध्यक्ष प्रचण्ड शनिबार बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका हुन् ।
भेटघाटमा प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा ओलीलाई बधाई दिँदै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए । स्वास्थ्य जानकारी लिने क्रममा प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
गत फागुन २१ गते त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली शुक्रबार डिस्चार्ज भएका थिए ।































प्रतिक्रिया