कोरोनाले नछोडेका विश्वका हाइप्रोफाइलहरुदेखि टुटल-पठाओ नरोकिनेसम्म (भिडियोसहित)

कोरोनाले नछोडेका विश्वका हाइप्रोफाइलहरुदेखि टुटल-पठाओ नरोकिनेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले विशेष योजना सार्वजनिक गरेको छ ।

त्यस्तै टुटल र पठाओ जस्ता राइड सेयरिङका सवारीसाधन संचालन सम्बन्धी निर्णयबाट यातायात व्यवस्था विभाग पछि हटेको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकृया रद्ध गरी खुल्ला प्रतिस्प्रधाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ ।

यसवर्ष धेरै नायिकाहरुलाई विवाहको रौनकले छोयो । वर्ष २०७६ मा मात्र नेपाली सिने जगतका ८ अभिनेत्रीले लगनगाँठो कसेका छन् ।

त्यस्तै कोरोनाले हाइप्रोफाइलहरु पनि पीडित, क्यानडाका प्रधानमन्त्री दम्पत्तीदेखि रोनाल्डोसम्म क्वारेन्टाइनमा बस्नु परेकाे छ । कोभिड १९ अर्थात कोरोना भाइरस पत्ता लगाउने चिनियाँ डाक्टर लि वेनलियाङको यसकै संक्रमणका कारण निधन भएको थियो । इरानी उपराष्ट्रपति मसुमेह इबटेकरलाई पनि कारोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै इरानका उपस्वास्थ्य मन्त्री इराज ह्यारिचीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । त्यस्तैगरी इरानी सांसद महम्मद सादेघी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo