प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण खर्च ६ लाख

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण खर्च ६ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोण गर्न करिब ६ लाख खर्च लागेको छ ।
गत फागुन २१ त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका ओलीलाई करिब ६ लाख खर्च लागेको हो ।
प्रधानमन्त्रीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेकाले शुक्रबार साँझ  डिस्चार्ज गरिएको थियो । प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएको जानकारी दिँदै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले करिब ६ लाख खर्च लागेको बताए । अन्य सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo