पूर्वमन्त्री शेर्माको निधनमा कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने

पूर्वमन्त्री शेर्माको निधनमा कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज बसेको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले स्व शेर्माको परिवारप्रति समवेदना प्रकट गर्दै उनको सम्मानमा शुक्रबार, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उनको तेह्रौँ दिनको तिथीमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ।

Logo