सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय निर्माणकोे लागि पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । बिद्यार्थीको मानसिक बिकासमा स्वास्थ्यले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली सम्बृद्ध नेपालको अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Skip This
Skip This
Logo