पत्रकार शाहको हत्या अभियुक्त कारागार चलान

पत्रकार शाहको हत्या अभियुक्त कारागार चलान

केन्द्रबिन्दु
0
Shares

बारा ।

पत्रकार वीरेन्द्र शाहको हत्या गरेका कुन्दन भन्ने नरेन्द्र फौजदारलाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाउने आदेश गरेको छ । न्यायाधीश खिलनाथ रेग्मीको एकल इजलासले फौजदारलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका प्रवक्ता कौसर ज्ञवालीले जानकारी दिए ।

विहिबार भएको थुनथेक बहसपछि अदालतले कारागार पठाउने आदेश गरेको बताइएको छ । लागुऔषध मुद्दामा समेत संलग्न रहेको आरोपमा उनलाई बयानका लागि कारागारबाट अदालतमा झिकाउने प्रवक्ता ज्ञवालीले बताए ।

यो भन्दा अगाडि स्व. पत्रकार शाहको हत्यामा संलग्न रहेका मैनेजर गिरी ११ वर्ष जेल सजाय काटी जेलमुक्त भइसकेका छन् भने रामएकवाल सहनी वीरगञ्ज कारागारमा जेल जीवन बिताइरहेका छन् ।रासस

Logo