कोरोनासँग नडराई छायांकनमा उत्रियो ‘२ नम्बरी’

कोरोनासँग नडराई छायांकनमा उत्रियो ‘२ नम्बरी’

केन्द्रबिन्दु
0
Shares

कोरोनाको बढ्दो प्रकोपलाई नियाल्दै चलचित्र निर्माता संघले सम्भव भएसम्म फिल्मको छायांकन रोक्न विज्ञप्तीमार्फत आग्रह गरिसकेको छ । तर, अहिलेसम्म फ्लोरमा रहेका कुनै फिल्मको छायांकन स्थगित भएको छैन । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने दुई ठूला फिल्म ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’ टिमले निर्माता संघको आग्रहलाई बेवास्ता गर्दै छायांकन गरिरहेको छ ।

यसैबीच, आजबाट फिल्म ‘२ नम्बरी’ को पनि छायांकन शुरु गरिएको छ । यस वर्षको ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्मको छायांकन पोखराबाट सुरु गरिएको हो । दुई साथीको कथामा निर्माण हुने फिल्म ३५ दिनसम्म खिचिसक्ने निर्माण टिमले जनाएको छ । फिल्मको सम्पूर्ण छायांकन पोखरा आसपासमा नै हुने बुझिएको छ ।

अर्को वर्षको जनै पूर्णिमामा रिलिज हुने फिल्मको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली रहेका छन् भने प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् । रेड वर्ड र आरआर फिल्म प्रोडक्शनमा निर्माण हुने फिल्ममा बुद्धि तामाङको पनि अभिनय रहनेछ । यस चलचित्र मार्फत अभिनेता द्वय दयाहाङ र पललाई पहिलो पटक एउटै पर्दामा देख्न पाईनेछ ।

Skip This
Skip This
Logo