काठमाडौं ।
पूर्व डिआईजी एवं हाम्रो नेपाल सुशासन अभियानका संयोजक रमेश खरेलले नेपाली शासक र उत्तर कोरियाली तानाशाह किम जोन उन एउटै भएको बताएका छन् ।
बिहिबार राजधानीमा अभियानको घोषण गर्दै संयोजक खरेलले सो कुरा बताएका हुन् । नेपाली जनताले पटक पटक विश्वास गरेर ठूला दललाई शासन सत्ता सुम्पिए पनि शासकले जनताको चाहाना अनुसार काम गर्न नसकेको उनको आरोप छ ।
उनले भने–‘ काम विशेषले हिमाल पहाड तराई गरी ७७ वटै जिल्लामा पुगेको छु । जब म गाउँवस्तीमा जान्छु । भोका गरिब र दुःखी जनता देख्छु । राज्यले कुनै सुविधा पुर्याएको छैन । जनता खान नपाएर कुपोषित छन् । तर, हाम्रो देशका शासक र उत्तर कोरियाली तानाशाह किम जोन उनको शरिर तुलना गर्दा उस्तै लाग्छ । ’
देशमा भ्रष्टाचार, अनियमितता, कालोबजारी तथा विभिन्न काण्ड देखिएकाले त्यसको अन्त्य गर्न यस अभियानले भूमिका खेल्ने उनको भनाइ छ । हेरौं यो भिडियोमा :































प्रतिक्रिया