काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बुधबार प्रतितोला ४ सयले घटेको सुन आज ८ सयले घटेर ८१ हजार ५ सयमा कारोबार भइरहेको छ । सुन मंगलबार प्रतितोला ८२ हजार ७ सयमा कारोबार भएको थियो । बुधबार ८२ हजार ३ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि केहि घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँ घट्दै ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो हप्ता सुनको मूल्यमा उतार चढावमै रहेको थियो । यसले यो हप्ता पनि निरन्तरता पाएको छ । एक हप्तामै सुन प्रतितोला ४ हजार ५ सय सम्म घटेको थियो ।































प्रतिक्रिया