ओपो एफ १५ नेपालमा सार्वजनिक हुने

ओपो एफ १५ नेपालमा सार्वजनिक हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिन थालेको हो । ओपोका ब्राण्ड फ्रेन्डनायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका ताराहरु शिल्पा मास्के, अनुपविक्रम शाही, नाजिर हुसेन तथा सुपर मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखा पर्न थालेका छन् ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफ सिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १५ मार्फत थप अगाडी लैजाने तयारी गरेको छ ।

फोनमा दिइएको स्लिक र फेशनेवल डिजाइनका कारण ओपो एफ १५ ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

एफसिरिज अन्तर्गत कम्पनीको पछिल्लो उत्पादन ओपो एफ ११ प्रो नोट्चलेस डिस्प्ले र डुअल क्यामेरा सेटअप सहित सार्वजनिक गरिएको थियो भने एफ ११ मा भने वाटरड्रप डिस्प्ले उपलब्ध गरिएको थियो । ओपो एफ ११ सिरिजका दुबै फोनहरु हेलियो पी ७० एसओसीद्वारा सञ्चारित थिए भने प्रो भर्जनमा ६ जीबी र्‍याम र १ सय २८ जीबी आन्तरिक सञ्चय क्षमता र एफ ११ मा भने ४ जीबी र्‍याम १ सय २८ जीबी रोम रहेको छ । फोनहरुमा एण्ड्रोइड पाईका साथमा कलर ओएस सिक्स दिइएको छ ।

Logo