पाकिस्तान ।
पाकिस्तानको एउटा लडाकू विमान दुर्घटनामा परेको छ । बुधबार पाकिस्तानी वायुसेनाको ‘एफ १६’ जेट विमान दुर्घटना भएको हो।
दुर्घटना हुँदा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ। दुर्घटनामा विङ्ग कमाण्डर नुमन अक्रमको मृत्यु भएको बताइएको छ। अन्य क्षतिको केही जानकारी गराइएको छैन ।
अभ्यास गर्ने क्रममा उक्त विमान एक्कासी खसेको थियो । वायुसेनाका अनुसार अमेरिकामा निर्मित उक्त एफ १६ विमान मार्च २३ मा हुने सैन्य परेडको हिस्सा हुने क्रममा अभ्यासमा थियो। एएफपी































प्रतिक्रिया