विराटनगर ।
आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फोन गरेर रकम माग्ने छोरालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ३ बाँसबारीका शिवनारायण महतोका छोरा २४ बर्षिय मुकेश कुमार महतोले आफू अपहरणमा परेको भन्दै नाटक गरी बुबासँग ३० लाख फिरौती मागेका थिए ।
फागुन २३ गते घरबाट निस्किएका महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेर अपहरणको नाटक गरेका थिए । घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसँगै अपहरण नभई अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
मुकेश पक्राउ परेसँगै फिरौतीको रकम सहितनिजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मुकेशले एक बर्ष अगाडी ५ लाख रुपैयाँ सापट लिंदा मिटर ब्याजको कारण ९६ लाख परिवारले तिर्नु परेको र अरु ५० लाख समेत कागज गरी आफूलाई मार्ने धम्कीसमेत आएका कारण नाटक गर्न बाध्य भएको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका महतो र उनका सहयोगीलाई अपराधिक कसुर ऐन अन्तर्गत मुद्धा चलाईने प्रवक्ता राईले बताए । नेपाल समाचारपत्रबाट































प्रतिक्रिया