काठमाडौं ।
सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउदै आएको टुटल र पठाओलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।
यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन भाडामा प्रयोग गरे कारबाही गर्ने भन्दै पुनः सूचना जारी गरेको हो । पठाओ र टुटल लगायतले निजी सवारीसाधन मार्फत रकम लिएर यात्रुलाई सेवा दिंदै आएका छन् ।
ट्याक्सी व्यवसायीले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै यातायात व्यवस्था विभाग घेराउ गरेका थिए ।
०७५ माघमा पनि विभागले टुटल र पठाओलाई कारवाही गर्ने योजनास्वरुप ट्राफिक प्रहरी मार्फत टुटल चालकलाई कारबाही सुरु गरेको थियो ।































प्रतिक्रिया