काठमाडौं ।
पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरलाई लक्षित गरेर बम विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लमजुङ घर भई जडिबुटीस्थित सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङ विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बास्कोटाको घरमा बुधबार बिहान प्रेसर कुकर बम विस्फोट गराइएको थियो । बम विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खालसमेत भत्किएको छ ।































प्रतिक्रिया