फेरि बढ्यो डलरको मूल्य, कति पुग्यो आज ?

फेरि बढ्यो डलरको मूल्य, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दुई साताको तथ्यांक हेर्दा पाँच रुपैयाँले डलरको भाउ माथि उक्लिएको छ ।

राष्ट्र बैंकका बुधबार ११८.९० पुगेको छ । सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार ११८ रुपैयाँ ८४ पैसा थियो । त्यस्तै, आइतबार डलरको भाउ ११८ रुपैयाँ ३२ पैसा थियो । लामो समयदेखि डलरको भाउ ११४ रुपैयाँको हाराहारीमा स्थिर थियो । लामो समयको स्थिरतापछि डलर माथि उक्लिएको हो ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण डलरको भाउले नयाँ उचाई बनाइरहेको छ । कोरोना संक्रमणका कारण यतिबेला विश्वको अर्थतन्त्र नै शिथिल बन्दै गइरहेको छ । कोरोनाको संक्रमण देखिएसँगै लगानीकर्ताहरुले पनि डलरको माग बढाउन थालेपछि भाउ उकालो लागेको हो ।

Logo