काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ४ सयले घटेको छ । मंगलबार प्रतितोला ८२ हजार ७ सयमा कारोबार भइरहेको सुनको मूल्य आज ४ सयले घट्दै ८२ हजार ३ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो हप्ता सुनको मूल्य उतार चढावमै रहेको थियो । एक हप्तामै सुन प्रतितोला ४ हजार ५ सय सम्म घटेको थियो ।































प्रतिक्रिया