शेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री चिन्तित

शेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री चिन्तित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मंगलबार शेयर बजारमा सर्किट लागेर ८६ अंकको गिरावट भएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले चिन्ता व्यक्त गरेका छन् ।

केही समय सुधार देखिएको शेयर बजारमा आएको दोहोरो अंकको गिरावटले लगानीकर्ता मात्रै होइन्, अर्थमन्त्री डा.युवराज खतिवडा समेत चिन्तित बनेको देखिएको छ । लामो समयदेखि शेयर बजारमा गिरावट आएपछि लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गत आइतबार अर्थमन्त्री खतिवडालाई भेट गरेकी थिइन् । सो भेटमा अर्थमन्त्री खतिवडाले लगातार घट्नुप्रति चिन्ता व्यक्त गरेका थिए ।

अर्थमन्त्री खतिवडाले बजारमा चलखेल भएकाले निरन्तर घटेको दाबी गरेका छन् । बजारमा आएको यस्तो गिरावटका कारण साना लगानीकर्तालाई समस्या पर्ने उनको भनाई थियो । त्यसो त उनले शेयर बजारका सम्बन्धमा कडा नीति लिँदै आएका छन् ।

मंगलबार शेयर बजार ८६ अंकले घटेर कारोबार बन्द भएको छ । मंगलबार तीन पटक सर्किट ब्रेकर लागेर बजार बन्द भएको हो । कारोबार १३४९ अंकमा आएर रोकिएको छ । दिनभरीमा १६१ कम्पनीको १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयरको कारोबार भयो । आज सबै समूहका कारोबारमा गिरावट आएको छ ।

Logo