काठमाडौं ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोटशाखाको उद्घाटन गरेका थिए ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीयो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गद्वारा संस्थाकी अध्यक्ष श्रीमती बिष्णु थापालाई प्रदान गरियो ।
नखिपोट शाखाउद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले नखिपोटमा शाखा स्थापनासँगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिंदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।
देशभरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब ३५ खर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ३१ भन्दा बढी खर्बकर्जा लगानी गरिएको पनि उनले बताए ।































प्रतिक्रिया