८ देशका नागरिकलाई अनअराइभल भिसामा रोक

८ देशका नागरिकलाई अनअराइभल भिसामा रोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालले ८ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ।

अध्यागमन विभागले एक विज्ञप्ती जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसा रोकिएको जनाएको हो । आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्मको लागि यो निर्णय लागु हुने जनाइएको छ।

यस अघि चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा रोकिएको थियो । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका १०१ बढी मुलुकमा फैलिएको छ। यसकै कारण अध्यागमन विभागले अनअराइभल भिसा नदिने भएको हो ।

Skip This
Skip This
Logo