पाँच रुपैंयामा मास्क उपलब्ध गराउने तयारी (भिडियोसहित)

पाँच रुपैंयामा मास्क उपलब्ध गराउने तयारी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

विश्वमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासले सर्वसाधारणलाई आतंकित बनाएको छ । यससँगै सावधानीको लागि प्रयोग गरिने सर्जिकल मास्कको कृतिम अभाव गरी कालोबजारी बढेको छ ।

यसरी कालोबजारी बढेकाले बजारमा मास्कको अभाव छ । तर, अब मास्कको अभाव नहुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

कोरोनाको प्रभावले नेपालमा कालोबजारीयाहरुले मास्क लुकाएपछि चेम्बर अफ कर्मशले सक्रियता देखाएको हो । चेम्बरले व्यवसायी दीपक मलहोत्राको संयोजकत्वमा बजारमा अभाव र्सिजना भएको मास्कको समस्या हल गर्न कमिटी नै गठन गरिसकेको छ ।

भारतबाट मास्क बनाउन आगामी साताभित्र नै मेसिन आइपुग्ने र केहीदिनमा नै उत्पादन गरेर मास्क बजारमा जाने दिपक मलहोत्राले बताए । मेसिन आएपछि हप्तामा ५ लाख माक्स उत्पादन हुने उनको भनाइ छ ।

मास्कको उत्पादन भएपछि कच्चा पदार्थ अभाव भएकाले मास्कको मुल्य ८ रुपैयाँसम्म पर्ने भएपनि ५ रुपैयाँमा नै बिक्रि गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । उनले लोमस कम्पनीसँगको सहकार्यमा करिव २० हजार पिस मास्क मंगलबारदेखि बजारमा पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।

बजारमा मास्कको अभाव भएपछि विभिन्न संघ सङगठनले सहयोग गर्दै आएका छन । चेम्वर अफ कमर्सले विमानस्थल कार्यालयलाई कोरोना भाइरसको सङक्रमणको सावाधानीको लागी प्रयोग हुने मास्क, सेनिटाइजर, पन्जा र औषधीका सामाग्री सहयोग गरेको छ । भ्याली इन्जिजियरिङ कलेज नेपाल विद्यार्थी संघले बानेश्वरमा मास्क वितरण गरेको छ ।

यता ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मास्कको उत्पादन वृद्धि गर्न व्यवसायीक तालिम लिएका महिला उद्यमीहरुलाई प्रोत्साहनमूलक कार्यक्रम संचालन गर्ने जानकारी दिए ।

 

Skip This
Skip This
Logo