काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ को कारण यसवर्षको होली पर्व प्रभावित भएको छ । सरकारले भिडभाड भएर होली नखेल्न र कुनै पनि औपचारिक कार्यक्रम नगर्न आदेश दिएपछि यस वर्षको होलीमा उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । तर सडकहरु सुनसान देखिएपनि काठमाडौंको बसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरुको भिड रहेको पाईएको छ । यस सम्बन्धी समाचार आजको बुलेटिनमा समाबेश छ ।
त्यस्तै पूर्वयुवराज पारस शाह फेरि एकपटक चर्चामा आएका छन् । झाडु बोकेर पशुपतिनाथको परिसर सफा गरेपछि उनको चर्चा हुन थालेको हो । कतारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रतिवन्ध गरेको छ । त्यस्तै अष्ट्रेलिया पुगेका एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसले विश्व समुदायमा मच्चाएको आतंक सम्बन्धी समाचार पनि आजको बुलेटिनमा समेटेका छौं ।
त्यस्ती नेपाली बजारमा अहिले मास्क र सेनिटाइजरको अभाव छ । यससँगै मास्कलाई सर्वसुलभ बनाउन व्यवसायी र सामाजिक अगुवाहरु अग्रसर भएका छन् । गाँजा खेती फुकुवा गर्न संसदमा विधेयक दर्ता भएसँगै गाँजा खेती गर्न दिन सरकारले तयारी थालेको छ । यीसहित विषयवस्तुहरू आजको बुलेटिनमा रहेका छन् ।
प्रस्तुत छ, आजको केन्द्रबिन्दु बुलेटिन





























प्रतिक्रिया