काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन सकिएको छ ।
शुक्रबार समितिका पदाधिकारीहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री बालेन शाहसमक्ष प्रतिवेदन बुझाएका हुन् । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए र ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
र, मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो ।





























प्रतिक्रिया