पारिवारिक कारणले संकटग्रस्त ‘एस बैंक’, ४९ प्रतिशत स्वामित्व एसविआइले लियो

पारिवारिक कारणले संकटग्रस्त ‘एस बैंक’, ४९ प्रतिशत स्वामित्व एसविआइले लियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पारिवारीक कारणबाट खराब कर्जा वृद्धि हुँदा संकटग्रस्त बनेको नीजि क्षेत्रको ठूलो बैंक ‘एस बैंक’ बैंकका संस्थापक राना कपुर पक्राउ परेका छन् ।

पारिवारिक कारणबाट टाट पल्टेको एस बैंकका संस्थापक कपुरलाई सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ गरेको एजेन्सीहरुले जनाएका छन् । पछिल्ला दिनहरुमा बैंकको खराब कर्जा बढ्दै गएपछि बैंक संकटग्रस्त भएको थियो । भारतीय रिजर्ब बैंक (आरबीआई)ले सो बैंकलाई नगद संकटको कारण देखाउँदै संककटग्रस्त घोषणा गरेको थियो । अहिले आरबीआइले सो बैंकको कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

आरबीआइले गत शुक्रबार मध्यराति आकस्मिकरुपमा एस बैंकलाई नियन्त्रणमा लिएको थियो । त्यसका साथै आरबीआइले बैंकबाट ५० हजार भारु भन्दा बढी रकम झिक्न नपाइने व्यवस्था गरेको थियो । आरबीआईको सो व्यवस्थाले सर्वसाधारणलाई भने सास्ती भएको समाचार एजेन्सीहरुले जनाएका छन् । संस्थागत तथा व्यक्तिगत कारणबाट रकम आवश्यक परेपनि निकाल्न नपाएपछि व्यक्तिगतदेखि व्यवसायिक कामसम्म प्रभावित भएको एजेन्सीहरुले जनाएका हुन् ।

संस्थापक कपुरलाई प्रहरीले आइतबार मुम्बईस्थित निवासबाटै पक्राउ गरेको थियो । आरबीआइको उद्धार योजना अनुसार भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त सो बैंकको ४९ प्रतिशत स्वामित्व खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ । हाल बैंकसँग ४० अर्ब डलर ब्यालेन्ससिट रहेको छ ।

बैंक व्यावसायिक ढंगले नचलेको भन्दै सन् २०१८ देखि बैंकका स्वतन्त्र संचालक उत्तमप्रकाश अग्रवालले गत जनवरीमा राजीनामा दिए । उनले यसै विषयमा जानकारी गराउँदै आरबीआई गभर्नर शक्तिकान्त दासलाई पत्र पनि लेखेका थिए ।

Logo