काठमाडौंं ।
होलीलाई लक्षित गर्दै उपत्यकामा गरिएको प्रहरी जाँचका क्रममा एक सरकारी सवारीसहित अन्य ५ सय २३ चालक कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्ने सरकारी सवारीमा वैकल्पिक उर्जा प्रबन्धन केन्द्रको रहेको छ । मादक पदार्थ सेवन गरी चलाउने, दुई जना भन्दा बढी राखेर मोटरसाइकल चलाउने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी प्रमुख भिमप्रसाद ढकालले जानकारी दिए ।
बिहान सात बजेदेखि जाँच गरिरहेको टोलीले ती सवारीलाई कारबाही गरेको ढकालको भनाइ छ । होलीलाई लक्षित गर्दै उपत्यकामा ७८ चेक पोइन्ट राखिएको छ भने ती चेक पोइन्टको अनुगमन गर्न १५ वटा अनुगमन टोलीको समेत गठन गरिएको छ ।
प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । जबरजस्ती लोला हान्ने र रङ दल्नेहरुलाई मात्र होइन सोमबार होलीको दिन सामान ओसार्न प्रयोग गरिएको एउटा सरकारी गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरिय ट्राफिक प्रहरी प्रमुख एसएसपी भिमप्रसाद ढकालले विदाको दिनमा चल्ने सरकारी सवारीदेखि ट्राफिक नियम मिचेर जथाभावी सवारी चलाउने ५ सय भन्दा बढीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
होलीका दिन मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा ३ जना राखेर तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको ब्यवस्था मिलाइएको ढकालले जानकारी दिए ।
त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा ‘सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन भएका छन् । १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोवाईल चेकिङ्ग गरिरहेको छ । नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरीहरू गरी जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएका छन् । हेरौं भिडियोमा :































प्रतिक्रिया