काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार हुदै आएको छ । बुधबार शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा पाँचौ दिन पनि उल्लेख्य सुधार देखिएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डाक्टर प्रेमकृष्ण खड्काले प्रेस विज्ञप्ति जारी गर्दै अपेक्षा अनुसार नै सुधार हुदै गएको उल्लेख गरेका छन् । उनलाई नियमित आहार दिँदै सामान्य हिड्डुल गर्न दिइएको छ । त्यस्तै ओलीलाई मिर्गौला दिने समिक्षा संंग्रौलाको पनि स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
प्रधानमन्त्री ओलीको गत बुधबार पाँच घण्टा लगाएर दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल आइतबार अस्पताल पुगेका छन् ।
स्वास्थ्यमा सुधार आइरहेकाले केहि दिनमै उनलाई डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ । हेरौं भिडियोमा :































प्रतिक्रिया