काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका प्रमुख समाचारमध्ये छिमेकी मुलुक चीनबाट सुरु भएको कोभिड १९ भाइरस विश्वभर महामारीको रुपमा फैलिए सँगै नेपालमा जिल्ला प्रशासन कार्यालयहरुले होली पर्व मनाउन रोक लगाएको छ । जब देशमा संकट पर्छ , तब केही व्यापारीलाई भने कमाउने मौका मिल्ने गर्दछ । देश अप्ठयारोमा परेका बेला सोहि अप्ठेरोमा अड्को थाप्दै फेरि मौका छोप्न नेपाली व्यापारीहरु लागि परेका छन् । जसकारण कोरोना भाइरसको उच्च जोखिम भएसँगै सरकारले सतर्कता अपनाउन र कोरोना जोखिम रहेका नाकाहरु बन्द गर्नथालेसँगै बजारमा उपभोग्य बस्तुको महँगी र कृतिम अभाव सृजना हुन थालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने पक्कापक्की भएको छ । लामो छलफल र संवादलाई शनिबार मूर्त रुप दिँदै पार्टिले तीन अध्यक्ष सहितको एकता गर्न लागेको हो । एकतासँगै राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने विषय विज्ञप्तीमा उल्लेख गरिएको छ ।
इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ६० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोना भाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको इटाली सरकारले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । आइतवार दिउँसो नियमित स्वास्थ्य अपडेट गराउँदै अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।































प्रतिक्रिया