‘महिला दिवस’ को अवसरमा बलिउड स्टारहरुले दिए शुभकामना

‘महिला दिवस’ को अवसरमा बलिउड स्टारहरुले दिए शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

आज अर्थात् मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस संसारभर मनाउने गरिन्छ । केहीले सोसियल मिडियाहरुमा महिलाको तारिफ गर्दै सम्मान गरिरहेका छन् भने केहीले आफ्नो जीवनमा अहम भूमिका निभाउने महिलाको तस्विर सार्वजनिक गर्दै खुसियाली मनाइरहेका छन् ।
यस खास दिनमा बलिउडका स्टारहरु पनि पछि हटेका छैनन् । सिनेमा जगतको धेरै अभिनेता र अभिनेत्रीहरुले यस अवसरमा तस्विर सार्वजनिक गर्दै क्याप्सन पनि लेखेका छन् ।

ताप्सी पन्नू


ताप्सी पन्नूको नयाँ चलचित्र ‘थप्पड’ हालै सार्वजनिक भएको छ । यो चलचित्र महिला प्रधान चलचित्र बनेको छ । चलचित्रमा महिलाले आफ्नो आत्म सम्मानको लडाईं गरेको देखाइएको छ । ताप्सीले यसै चलचित्रको एक स्टारकास्टको साथ एउटा फोटो सार्वजनिक गर्दै लेखेकी छिन्– ‘हाम्रो तर्फबाट तपाईंहरु सबैमा महिला दिवसको धेरै धेरै शुभकामना, साथै आजको दिनबाट यो सुनिश्चित गर्नुहोस् की तपाईं आफ्नो परिवर्तन त्यो परिवर्तनको लागी गर्नुहोस् जुन तपाईं देख्न चाहनुहुन्छ ’ ।

करण जोहर


करण जोहर पनि पछि हट्न सकेनन् । उनले लेखेका छन्– ‘महिलाको कुनै उत्सव वा कुनै मान्यताको आवश्यक छैन, पुरुषले चाहेमा महिलाको शक्ति, प्रभाव र बललाई सधैं बुझ्न सक्छन् ।

काइरा आडवाणी


‘कवीर सिंह’ चलचित्रबाट चर्चित भएकी अभिनेत्री काइरा आडवाणीले पनि यस मौकामा महिलालाई शुभकामना दिंदै लेखेकी छिन्–‘तपाईं सबै महिलाहरुमा महिला दिवसको शुभकामना । आफूलाई माया गर्नुहोस् र तपाईं को हो चिन्नुहोस् । तपाईंलाई कुनै मान्यताको आवश्यक पर्दैन । सबैलाई मेरो माया’ ।

मलाइका अरोडा


मलाइका अरोडाले पनि यस अवसरमा आफ्नो तस्विर सार्वजनिक गर्दै लेखेकी छिन् –‘आज सबैभन्दा भाग्यमानी महिला ती हुन् जसको विवाह भएको छैन । उनीहरुको आफ्नो स्थिर भविष्य र राम्रो आय छैन तै पनि खुशीछन् । सबैभन्दा भाग्यमानी महिला तिनीहरु हुन् जसले आपूmलाई पुरै तरह माया गर्छ र सही अर्थमा माया गर्नेको छनौट गर्छ । जुन महिलाले आफ्नो आत्म सम्मानको लागि काम गर्छ । ती महिलाले आफ्नो अतितलाई पछाडि छोड्नुपर्छ’ ।

ऋषि कपूर


ऋषि कपूरले पनि लेखेका छन्–‘अन्तर्राष्ट्रिय महिला दिवसको सम्पूर्ण महिलाहरुमा शुभकामना । मलाई महिलासँग आधारित धेरै चलचित्रहरु खेल्ने सौभाग्य मिल्यो । जसमा प्रेम रोग, दामिनी, तवायफ चलचित्रहरु पर्छन् । मलाई यस कुरामा गर्व लाग्छ । हरेक दिन महिला दिवसको रुपमा मनाउनु पर्छ’ ।

Logo