काठमाडौँ ।
आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ।राजनितिक तबरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
सर्वप्रथम् १९०९ फेब्रुवरी २८ बाट मनाउन सुरु भएको यो दिवस सन् २०२० मा आइपुग्दा ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा आज मनाईंदैछ ।
आज नेपालमा पनि यो दिवस मनाइयो । राजधानीको एक कार्यक्रममा गायिका एवं सांसद कोमल वलीले महिलाहरुले नाम मात्रको अधिकार प्रयोग गर्न बाध्य भएको अभिव्यक्ति दिएकी छिन् । उनले महिलाहरुले अहिले भोग्नु परेको सामाजिक, आर्थिक र भौतिक लगायतका पीडाहरुले महिला दिवस दिवसका रुपमा मात्र मनाएर नहुने र उनीहरुलाई समानता र अधिकार दिइनु पर्ने बताइन् । महिलाको समस्या नेपालमा मात्र नभएर विश्वव्यापी रुपमै दयनिय भएको उनको भनाई छ ।
महिला दिवसमा सबैलाई शुभकामना दिंदै के भनिन् त कोमलले हेरौं यो भिडियोमा :





























प्रतिक्रिया