भक्तराजकाे रन्जितको ‘उक्लिएको मान्छे’ सार्वजनिक

भक्तराजकाे रन्जितको ‘उक्लिएको मान्छे’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भक्तराज रन्जितको संस्मरण कृति उक्लिएको मान्छे सार्वजनिक भएको छ । शनिवार काठमाडौंको लेखन कुञ्जमा बरिष्ठ पत्रकार भैरव रिसालले कृति लोकर्पण गरेका हुन् । कृति लोकर्पण गर्दै रिसालले  रन्जितले जीवनमा भोगेका र देखेका कुरालाई संस्मरणका रुपमा ल्याएको र उक्लिएको मान्छेमा बंशावली समेत समेटिएकाले कालान्तरमा पुस्तक उपयोगी हुने बताए । कार्यक्रममा पुस्तकको समिक्षा पत्रकार तथा समिक्षक कुमार रन्जितले गरेका थिए ।

समिक्षक रन्जितले उक्लिएको मान्छेमा लेखकले देखेका भोगेका सबै विषय समेट्न सकेको भए अझै पुस्तक सबैको लागि उपयोगी हुने बताए ।टाइपिष्ट जागिरबाट गोरखापत्र संस्थानको अर्थ प्रमुख हुँदै राष्ट्रिय सहकारी संघको महाप्रवन्धक को कार्य अनुभव सम्हालिसकेका भक्तराज रन्जितले । अन्तराष्ट्रिय गैर सरकारी संस्था बियोनड बोर्डस लर्निङ प्रोग्राम प्रा.लि. को कन्ट्रि डाइरेक्टर सम्मका अनुभूती पुस्तककमा समावेश गरेका छन्लेखक रन्जितले आद्यात्मबाद र भौतिकबादको संयोजन गरेर जीउन सके जीवन सुन्दर रुपमा जीउन सकिने बताए । सोहि संयोजनमा भोगिने भोगाई कालान्तरमा इतिहास बन्ने भन्दै सबै मानीस जीवनको एक एक किस्सा पुस्तक र इतिहास बाँचिरहने भएकाले आफुले भोगेका र देखेका र गरिएका संघर्षहरुको अवतरण पुस्तकमा गरिएको लेखक रन्जितले बताए ।

काठमाडौंको मुटुमा जन्मिएर पनि जीवनमा चरम गरिवी भाग्दै जीवनलाई सफल बनाउँदै समाज सेवा गर्नपाउँदा र आफुले शुन्य यात्रा आरम्भ गरि उक्लिएको मान्छेको सफलताको संस्मरणका रुपमा पुस्तक प्रकाशन गरिएको रन्जितले बताए । टाइपिष्ट जागिरबाट गोरखापत्र संस्थानको अर्थ प्रमुख हुँदै राष्ट्रिय सहकारी संघको महाप्रवन्धक हुँदै, अन्तराष्ट्रिय गैर सरकारी संस्था बियोनड बोर्डस लर्निङ प्रोग्राम प्रा.लि.(नाफा रहित)को कन्ट्रि डाइरेक्टरका रुपमा कार्यरत रन्जित सामाजीक कार्यमा पनि सक्रिय छन । नैतिकताको खडेरी लागेको समयमा असल आचरण, विचार र अभ्यास गरेर आफू, परिवार र देशको हितमा काम गर्ने असल मानिसको भूमीका रहनुपर्नेमा पुस्तकले जोड दिइएको छ । पुस्तक घोष्टराइटिङ नेपालले प्रकाशन गरेको हो ।

कार्यक्रममा  कुुमारी रञ्जित , लेखक तथा पत्रकार आदित्यमान श्रेष्ट, राष्ट्रिय जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्य, राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठ,नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्चका अध्यक्ष डाक्टर मदनकुमार पिया नेपालभाषा साहित्यकार अमिर मैया रञ्जित साहित्यकार जितेन्द्र रसिक लगायत अतिथि रहेका थिए ।

Skip This
Skip This
Logo