राजपरिवारका ३ जना पक्राउदेखि सबै नागरिक बजार अनुगमनकर्ता (भिडियोसहित)

राजपरिवारका ३ जना पक्राउदेखि सबै नागरिक बजार अनुगमनकर्ता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारमध्ये साउदी अरेबियामा राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ परेका छन् । गिरफ्तार गरिएकाहरुमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।
मिथिलामा सदा झै यो वर्ष पनि महामूर्ख सम्मेलन हुने भएको छ । फागुन २५ र २६ गते महामुर्ख सम्मेलनबाट एक जना महामुर्ख छानिने छन् । यसपटक महामूर्ख उपाधिको भागीदारले धेरै चर्चा पाइरहेका छन् ।
कोरोना भाइरसले सन्त्राससँगै बजारमा मास्कदेखि ग्याससम्मको कालोबजारी शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताएका छन् ।
चीनबाट शुरु भएको यो भाइरस विश्वका ९० वटा देशमा फैलिएका छन् । नेपालमा कोरोना संक्रमणको आशंकामा अहिलेसम्म ४ सय ३७ जनाको नमुना परीक्षण गरिएको छ । तीमध्ये एक जनामा कोरोना संक्रमण भेटिए पनि अहिले नेपाल कोरोना भाइरस मुक्त छ ।
विद्यालय भन्ने वित्तिकै असल ज्ञान र आचरण सिकाउने शिक्षालय भनेर बुझिन्छ । तर, विद्यालयमा विद्यार्थीहरुलाई सजाँयस्वरुप हात चिर्न लगाइन्छ । त्यो पनि १२ वर्षदेखि सामाजिक विषय अध्यापन गराउँदै आएकी शिक्षिकाले । यसबारेकाे पुरा समाचार हेर्न तलकाे भिडियो हेर्नुहाेला ।

 

Skip This
Skip This
Logo