कम नम्बर ल्याउने विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो ।
प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर शनिबार विद्यालयका प्रिन्सिपलले केही अभिभावकलाई बोलाएर छलफल गरेका छन् ।
घटना बाहिर आएपछि विद्यालयले पनि शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ । उनले बिहीबार कम नम्बर ल्याएको भन्दै कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको हात सिसाकलम तिखार्ने ब्लेडले चिर्न लगाएकी थिइन् । हेरौं भिडियोमा :































प्रतिक्रिया