मछिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा मिडफिल्डर आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यहि गोल जितमा लागि पर्याप्त रह्यो । उपाधिसँगै मछिन्द्रले आठ लाख र उपविजेता माइभ्यालिले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
ए डिभिजन लिगको उपाधिपछि झापामा सताक्षी गोल्डकप जितेको मछिन्द्रले माइभ्यालीको सेमिफाइनलमा भारतको माने भञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।































प्रतिक्रिया