खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर

खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

आयोजित औपचारिक कार्यक्रममा ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगायतका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ ।

हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरm संचालन गर्दै जाने योजना रहेको छ ।

Skip This
Skip This
Logo