काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको शुभारम्भ समारोहमा स्थानियनिकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
नेपाली जन माझमा आफ्नो उपस्थितिलाई बलियो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ ।
यस बैंकले प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ७, प्रदेश नं ५ मा १३, कर्णालीप्रदेशमा ८ तथा सुदुरपश्चिम प्रदेशमा ७ गरी कुल ९३ वटा शाखा कार्यालयहरुबाट ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।





























प्रतिक्रिया