काठमाडौं ।
चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ।
नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो । २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए । ‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुने बाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले भने, ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन ।’
रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ।
सरकारले श्रम स्वीकृतिमा रोक नलगाए पनि वैदेशिक रोजगारीमा जाने (श्रमिक), पठाउने (म्यानपावर) र मगाउने (रोजगारदाता) को सहमतिमै संख्या घटिरहेको दाहालले बताए । ‘रोग फैलिएयता कुनै दिन त पहिलाको तुलनामा ७५ प्रतिशतभन्दा कम उड्ने गरेका छन्,’ दाहालले भने।
आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर पाँच लाख आठ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए। चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या दुई लाख ६० हजार छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्रबैंकले जनाएको छ। पछिल्लो ६ वर्षयता कुल गार्हस्थ उत्पादन (जिडिपी) मा रेमिटयान्सको हिस्सा २४ प्रतिशतभन्दा माथि रहँदै आएको छ। अघिल्लो वर्ष करिब १६ महिना बन्द गरिएको मलेसिया रोजगारी सुरु भएको र कैयन गन्तव्य मुलुकमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएका कारण यो वर्ष रेमिट्यान्समा वृद्धि हुने सरकारी अधिकारीहरूको अपेक्षा छ।
कोरियाको उडान अर्को महिना
पारिश्रमिकको दृष्टिकोणले राम्रो मानिएको कोरिया जाने युवाको उडान अर्को महिना सारिएको छ। फागुन १८ गते उड्नुपर्ने युवाको उडान कोरोनाका कारण पहिलोपटक एक सातालाई सारिएको थियो। उडान सारिएको अवधिमा पनि कोरोना नियन्त्रणमा आउन नसकेपछि १५ दिन थप स्थगित गरिएको हो। नागरिकबाट































प्रतिक्रिया