‘कांग्रेसले सर्वोच्च अदालतको निर्णय मान्छ’ : सभापति देउवा

‘कांग्रेसले सर्वोच्च अदालतको निर्णय मान्छ’ : सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् ।

काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । प्रतिनिभिसभा विघटनविरुद्ध आज कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ । यसै अन्तर्गत देउवाले यस्तो बताएका हुन् ।

‘कांग्रेसले अदालतको निर्णय मान्छ । अदालतले चुनावमा जाने सरकारको कदमलाई सदर गर्यो भने कांग्रेस चुनावमा जान्छ, अरु पनि जान्छन् ।’ अदालतको निर्णय सबैले मान्नु पर्नेमा जोड दिंदै उनले यदि अदालतले पनि निर्वाचनको पक्षमा निर्णय गर्यो भने प्रचण्डहरु पनि चुनावमा आउने बताए । तर यो सरकारले चुनाव गराउनेमा भने देउवाले आशंका व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo