वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेट अन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइ रद्द भएको छ । आज थाइल्याण्डको बैंककमा हुनु पर्ने उक्त खेल वर्षाले गर्दा नभएपछि रद्द हुन पुगेको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ । हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

Skip This
Skip This
Logo