‘कामदारहरु काममा आउनसमेत डराएका छन्’ : मोहन कटुवाल (अध्यक्ष, ग्रील तथा स्टील व्यवसायी महासंघ)

‘कामदारहरु काममा आउनसमेत डराएका छन्’ : मोहन कटुवाल (अध्यक्ष, ग्रील तथा स्टील व्यवसायी महासंघ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
यतिबेला विश्व चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ । कोरोनाका कारण विश्व अर्थतन्त्रमा मन्दी आउने आँकलन गरिएको छ । पर्यटन, व्यापार लगायतका क्षेत्रमा यसले निकै ठूलो प्रभाव पारिरहेको छ । कोरोनाको प्रभावबाट नेपाल पनि अछुतो छैन । नेपालको पर्यटन, वित्तीय तथा औद्योगिक लगायतका क्षेत्रमा कोरोना भाइरसको असर देखिइरहेको छ । यसै सन्दर्भमा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालसँग केन्द्रबिन्दुका लागि अनिस मिजारले गरेको छोटो कुराकानीः

ग्रील व्यवसायमा कोरोना भाइरस संक्रमणले कस्तो प्रभाव पारेको छ ?
कोरोना भाइरसको अहिले सबैतिर त्रास बढेको छ । यसले गर्दा काम गर्ने कामदारहरु काममा आउनसमेत डराएका छन् । त्रास बढेकाले सबैले घरबाट बाहिर नपठाउने विषयमा छलफल गर्दैछौँ ।

सुरक्षाका लागि के गर्ने ?
नेपालमा कोरोना फैलिसकेपछि भन्दा पहिला नै सावधानी अपनाउनु पर्ने हुन्छ । अरु देशले कति सावधानी अपनाएका छन् । हामीले रोग लागि सकेपछि मात्रै उपाय अपनाउने ? हाम्रो देशका नाकाहरु बन्द गरिएका छैनन् । सबै नाकाबाट मानिसहरु आइरहेका छन् । यसले कोरोना फैलिन सक्छ ।

सुरक्षाका लागि तपाईंहरुको प्रयास के छ ?
कोरोना भाइरसको सुरक्षाको लागि मास्क प्रयोग गर्नु पर्ने हुन्छ । तर बजारमा मास्क नै पाउन छोडेको छ । मास्क उत्पादनको लागि हामीले ठूला उद्योगीलाई आग्रह पनि गरिसकेका छौँ । सायद आज माक्स बनाउने मेसिन पनि आयो होला ।

कच्चा पदार्थहरुको आयातमा कस्तो प्रभाव परेको छ ?
नेपाल कोरोनाको उच्च जोखिममा रहेको तथा चीन र भारत लगायतका ठूला मुलुक नजिक रहेकाले ग्रिल उद्योगमा प्रभाव परेको छ । कच्चा पदार्थ आयातमा ५ देखि १० प्रतिशतको हाराहारीमा मूल्य बढेको छ ।

Skip This
Logo