चैत १ गतेदेखि १५ गतेसम्म आयोजना हुन लागेकाे एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि आयोजक इपिएल प्रा.लिले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।
आयोजक एभरेष्ट प्रिमियर लिगले बिहीबार पत्रकार सम्मेलन गर्दै इपिएल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।
इपिएलका लागि १२ देशका खेलाडीसँग सम्झौता भइसकेको र सात महिनायता तयारी गरिरहेको भए पनि विश्वका धेरै देशमा कोरोना फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेका कारण कार्यक्रम स्थगित गर्न लागिएको आयोजकले जनाएको छ ।
इपिएलमा विश्वचर्चित क्रिकेट खेलाडीहरु सहभागी हुने तय भएको थियो । क्रिस गेल, डाइन स्मिथ, हासिम अम्ला लगायतका खेलाडी इपिएलमा सहभागी हुने भएका थिए ।
इपिएल प्रा.लिका प्रमुख अमिर अख्तरले ६/७ महिनादेखि इपिएलको तयारी गरेको भए पनि खेलाडी र फ्यानहरूको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने बताएका हुन् ।





























प्रतिक्रिया